शुक्रबार, चैत २०, २०८२

जनकपुरमा बजार बन्द गराउने ६६ जना पक्राउ

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

काठमाडौं- राष्ट्रिय सभाको निर्वाचनलाई लिएर आम जनता पार्टी (आजपा) ले गरेको मधेश बन्दका क्रममा ६६ जना पक्राउ परेका छन्।

National life

प्रभु साह नेतृत्वको आजपाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। जनकपुरमा बजार र यातायात बन्द गराउँदै हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा आजपाका महासचिव उपेन्द्र साह, प्रवक्ता सीबी साह, स्थायी कमिटी सदस्य श्रीलाल महासेठ, महोत्तरी जिल्ला अध्यक्ष विजयकुमार साहलगायत छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

राष्ट्रिय सभा निर्वाचनलाई लिएर जनकपुरमा सुरक्षा व्यवस्था कडा गरिएको छ। ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। मतदानको समय अपराह्न ३ बजेसम्म तोकिएको छ। आजै मतगणना गरी परिणाम सार्वजनिक गर्ने तयारी छ।

 

kumari

प्रकाशित: Jan 25, 2024| 11:56 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्