मंगलबार, भदौ १६, २०८३

मेयर बालेनले राष्ट्रिय सभा चुनावमा भोट नहाल्ने

 |  बिहीबार, माघ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ११, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन्। राष्ट्रिय सभा चुनावअन्तर्गत बागमती प्रदेशको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन्।

उनी मतदानका लागि हेटौंडा नजाने बताइएको छ। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन्। मतदानका लागि आज दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ। कार्यव्यस्तताका कारण मेयर बालेन अहिलेसम्म काठमाडौंमै रहेकाले मतदान नगर्ने निश्चित भएको छ।

मेयर स्वतन्त्र उम्मेदवार भएर चुनिएका हुन् भने उपमेयर नेकपा एमालेबाट निर्वाचित भएकी हुन्। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुन्छन्।

 

 

 

प्रकाशित: Jan 25, 2024| 11:51 बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्