मंगलबार, भदौ १६, २०८३

भालुको आक्रमणबाट दुई किशोरी घाइते

 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

अछाम- अछामको रामारोशन गाउँपालिका-५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन्। स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवै जना घाइते भएका हुन्।

घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। उनका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नुका साथै टाउकोमा गहिरो चोट देखिएको छ।

घाइतेमध्ये किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेको प्रनाउ पाठकले बताए। उनका अनुसार घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्लाबाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ।

प्रकाशित: Jan 24, 2024| 21:25 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्