बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ

टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ

 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

भ्रष्टाचार मुद्दामा उनीहरु समातिएका हुन्। मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको कार्यक्रमको स्रोतसाधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनमा तानिएका थिए। त्यही क्रममा बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरेको हो। शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियारको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको छ।

गत असोज १५ मा अख्तियारले सुनिल पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो।

प्रकाशित: Jan 24, 2024| 15:56 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्