शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी सनराइज बैंकद्वारा ई-कमर्स अक्वायरिङ सेवा सुचारु

लक्ष्मी सनराइज बैंकद्वारा ई-कमर्स अक्वायरिङ सेवा सुचारु

 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

लक्ष्मी सनराईज बैंकले “ई-कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ ।

triton college

नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र “भिसा” को सहायक संस्था “साइबर सोर्स” संगको सहकार्यमा विकास गरेको हो ।

यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्ने बैंकको विश्वास छ । उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । यो सुविधाले देशको ई-कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।

लक्ष्मी सनराईज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटिएम, १४१ शाखा रहित बंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको छ ।

प्रकाशित: Jan 24, 2024| 14:20 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्