बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • धनगढीमा पाँचतले घरबाट हामफाले व्यवसायी, उपचारका क्रममा मृत्यु

धनगढीमा पाँचतले घरबाट हामफाले व्यवसायी, उपचारका क्रममा मृत्यु

 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

National life
Laxmi sunrise bank
kumari

कैलालीको धनगढीमा पाँच तले घरको छतबाट हामफालेका एक व्यवसायीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार छतबाट हामफालेका अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। पारिवारिक विवादका कारण उनले बुधबार बिहान करिब साढे ११ बजेतिर हामफालेको प्रहरीले बताएको छ। विस्तृत विवरण खुल्न सकेको छैन।

 

प्रकाशित: Jan 24, 2024| 13:47 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्