बुधबार, पुस २, २०८२

किशोरीहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

आर्थिक लाभ लिई किशोरीहरूलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

National life

धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भई दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौ महानगरपालिका-३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरुमा किशोरीहरूलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न लालमायालाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो। 

प्रहरीले दुईजना किशोरीको उद्धारर समेत गरेको छ। आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका कम पढेलेखेका किशोरीहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, सुरूमा वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jan 24, 2024| 12:47 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्