सोमबार, कात्तिक २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बलात्कार मुद्दामा फसाइदिन्छु भनेर ब्ल्याकमेल गर्ने युवतीलाई ६ महिना जेल

बलात्कार मुद्दामा फसाइदिन्छु भनेर ब्ल्याकमेल गर्ने युवतीलाई ६ महिना जेल

 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

काठमाडौं- धनाढ्य पुरुषसँग नजिकिने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङका घटना बढिरहेका छन्। यस्ता घटनामा प्रहरीले कैयौँलाई पक्राउ गरेर मुद्दा पनि दायर गर्दै आएको छ। 

यस्तै एक मुद्दामा एक युवतीलाई अदालतले ६ महिना जेल सजाय तोकेको छ। विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो। एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन्। एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन्। जसमा ती व्यक्तिले सफाइ पाएका थिए। 

जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो।

थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले कैद र जरिवानासँगै उनीबाट पीडित पुरुषलाई सात लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ। त्यस्तै, युवतीका सहयोगी ललितपुर महालक्ष्मी नगरपालिका– ५ का सुदर्शन सापकोटालाई सात दिन कैद र एक हजार जरिवानाको फैसला सुनाइएको छ। 

प्रहरीकै एक कनिष्ट अधिकृतलगायत व्यक्तिले थापाविरुद्ध उजुरी दिएका थिए। जिल्ला प्रहरी परिसर, काठमाडौंले ६ मंसिर ०७८ मा थापा र सापकोटालाई पक्राउ गरी मुद्दा चलाएको थियो। व्यक्तिगत लेनदेनको पैसा फिर्ता माग्दा थापाले बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको पुष्टि भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो। जसमा अदालतले आंशिक ठहरको फैसला गरेको हो। 

प्रकाशित: Jan 24, 2024| 11:58 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्