बुधबार, पुस २, २०८२

स्कुटरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु

 |  बुधबार, माघ १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १०, २०८०

भक्तपुरमा स्कुटरलाई ठक्कर दिएर लडेको मोटरसाइकल चालकको मृत्यु भएको छ।

National life

मंगलबार साँझ साढे ६ बजेतिर भक्तपुर नगरपालिका-१ चुनदेवी आकाशे पुल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको बागमती प्रदेश ०२-०२२ प ८७३२ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२-०२१ प ९०३२ नम्बरको स्‍कुटरलाई ठक्कर दिएको थियो। 

दुर्घटनामा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए। उनलाई मध्यपुर अस्पताल ठिमी लगिएकोमा त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार मोटरसाइकल तिव्र गतिमा थियो, जसकारण स्कुटरलाई ठक्‍कर दिएपछि मोटरसाइकल लड्दा चालक केसीलाई गम्भीर चोट लागेको थियो। स्कुटर चालकलाई सामान्य चोटमात्रै लागेको छ।

मृतक केसीको शव पोष्टमर्टम गर्न भक्तपुर अस्पताल पुर्‍याइएको छ। स्कुटर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ घर भई काठमाडौं कपन बस्ने २६ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 24, 2024| 11:45 बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्