शनिबार, चैत २१, २०८२

मेची-महाकाली संवाद यात्रा गर्दै गगन

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले मेची-महाकाली संवाद यात्रा गर्ने भएका छन्। पार्टीका कार्यकर्ता र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन्।

National life

महामन्त्री थापाले यही माघ १३ गतेदेखि संवाद यात्रा सुरू गर्ने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। यात्रा झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ मेची पुल भन्सारबाट सुरु हुनेछ। संवाद यात्रामा जनताका कुरा सुन्ने तर आफ्ना कुरा नभन्ने उनको तयारी छ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्म 'समुदायमा कांग्रेस' अभियान सञ्चालन गर्दैछ। महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन्।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम तय भएको छ। संवाद यात्रा माघ २६ गते सकिनेछ। 

प्रकाशित: Jan 23, 2024| 18:53 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्