आइतबार, साउन ४, २०८२

सरकारले गरेका तीन निर्णयहरु के-के हुन्? 

 |  मंगलबार, माघ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

vianetvianet

काठमाडौं- सरकारले कोटेश्‍वरको इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि जापान सरकारसँग वार्ता गर्न समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को मंगलबार बसेको बैठकले करिब ३१ अर्ब २ करोड नेपाली रुपैयाँ बराबरको परियोजनाका लागि वार्ता गर्न समिति गठन गर्ने निर्णय गरेको हो। 

त्यसैगरी डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीकोफ संयोजकमा मनोनयन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को बैठकले आगामी माघ २२ गते संघीय संसद्‌को अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

सरकारले गरेका तीन निर्णयहरु : 

१. जापान सरकारबाट कोटेश्‍वरको इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि प्रस्तावित चौतिस अर्ब उनन्पचास करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने।
२. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने।
३. २०८० माघ २२ गते ४:०० बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
 

प्रकाशित: Jan 23, 2024| 17:30 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्