मंगलबार, पुस १, २०८२

भक्तपुरमा ३५ वर्षीया महिला मृत फेला

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

काठमाडौं- भक्तपुरमा एक महिला मृत फेला परेकी छन्। आज बिहान सूर्यविनायक नगरपालिका-५ कटुन्जे सडक डिभिजन कार्यालय नजिकै डेरा गरी बस्ने महिला मृत फेला परेकी हुन्।

National life

मृतक काभ्रे नमोबुद्ध नगरपालिका-१ घर भएकी ३५ वर्षीया अनिता थापा हुन्। उनी हिजो राति खाना खाएर सुतेकी र आज बिहान ९ बजेतिर भाइले हेर्दा कोठामा घोप्टो परेको अवस्थामा फेला परेकी बताइएको छ।

घटनास्थल पुगेको प्रहरी टोलीले घटना शंकास्पद नदेखिएको बताएको छ। यद्यपि मृत्युको कारण पोष्टमर्टम रिपोर्टबाट मात्रै थाहा हुनेछ। मादक पदार्थको अत्यधिक सेवनबाट उनको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ।

पोष्टमर्टमका लागि शव केएमसी अस्पताल दुवाकोटमा पठाइएको छ।

प्रकाशित: Jan 23, 2024| 14:44 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्