मंगलबार, भदौ १६, २०८३

अमेरिकामा रेखा दम्पतीको 'बेबी सावर'

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

काठमाडौं- कलाकार रेखा थापा दम्पतीले अमेरिकामा ‘बेबी सावर’ गरेका छन्। कोलोराडो स्प्रिङ्समा शनिबार थापा र श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका हुन्।

रेखाले सामाजिक सञ्जालमार्फत ‘बेबी सावर’को तस्बिर र भिडियो सेयर गरेकी छन्। रेखाले ‘बेबी बम्प’सहितको फोटोसुट पनि गराएकी छन्। उनले आगामी सन्तानलाई भगवानको उपहार भएको बताएकी छन्।

बेबी सावर जमघटमा अमेरिकास्थित रेखा थापाको परिवार र आफन्त सहभागी थिए। उनका श्रीमान् बलरामको परिवार नै अमेरिकामा छ।

सन्तान जन्माउन रेखा अमेरिका गएकी हुन्। चिकित्सकले उनलाई माघ अन्तिम वा फागुनको डेलिभरी मिति दिएका छन्। आगामी फागुन २५ मा रेखाले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ पनि प्रदर्शनको तयारीमा छ।

 

प्रकाशित: Jan 23, 2024| 12:09 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्