शनिबार, चैत २१, २०८२

न्युरोडका व्यापारीले गरे पार्किङ निषेधको विरोध, सटर बन्द

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यापारीहरु विरोधमा उत्रिएका छन्।

National life

महानगरले आजदेखि न्युरोडको कालोपत्र सडकमा सवारीसाधन पार्किङ निषेध गरेपछि उनीहरुले विरोधस्वरुप सटर बन्द गरेका छन्। पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यापारीले विरोध जनाएका हुन्।

न्युरोड क्षेत्रमा आज बिहान पार्किङ गरिएका सवारीसाधन महानगर प्रहरी टोलीले हटाएको थियो। धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको छ। महानगरले न्युरोड क्षेत्रका लागि काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ।

काठमाडौं टावरमा तीन सय चारपाङ्ग्रे र सात सय दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ।

 

kumari

प्रकाशित: Jan 23, 2024| 12:03 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्