बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएपछि ओलीले भने- मध्य पहाडका समस्या दराजमा नथन्किउन्

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएपछि ओलीले भने- मध्य पहाडका समस्या दराजमा नथन्किउन्

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्य पहाडका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ध्यानाकर्षण गराएका छन्।

एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। त्यसक्रममा देखिएका समस्या एकीकृत गरेर समाधानका लागि सरकारको ध्यानाकर्षण गराइएको हो।

‘हामीले मध्य पहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा गर्‍यौं। त्यस भेगको समस्या पहिचानका लागि महत्त्वपूर्ण बन्यो। हामीले त्यहाँको समस्या केन्द्रीकृत गरेर ध्यानाकर्षण गराएका छौं, यी समस्याहरू दराजमा नथन्किउन्, कार्यान्वयन तहमा जाऊन्,' प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएपछि ओलीले भने।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मध्य पहाडी क्षेत्रका समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका थिए। सम्बोधन गर्न सकिने विषय सरकारको नीति, कार्यक्रम र बजेटमै समावेश गरेर लैजाने प्रतिबद्धता उनले व्यक्त गरे।

ध्यानाकर्षण पत्रमा मध्य पहाडी लोकमार्गको अवस्थिति परिवर्तन गरिनुपर्ने विषय समेटिएका छन्। सिँचाइ सुविधा नभएका कारण खेतीयोग्य जमिन बाँझो भएको, अस्पताल नहुँदा नागरिकले सास्ती पाएका विषय पनि यसमा समेटिएका छन्।

प्रकाशित: Jan 23, 2024| 11:05 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्