मंगलबार, पुस १, २०८२

सिनामंगलस्थित लक्ष्मीनारायण मन्दिरमा विशेष आरती

 |  मंगलबार, माघ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ९, २०८०

काठमाडौं- सिनामंगलस्थित बागमती किनारमा रहेको लक्ष्मीनारायण मन्दिरमा सोमबार विशेष आरती भएको छ।

National life

भारत उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको दिनको विशेष अवसरमा लक्ष्मीनारायण मन्दिरमा विशेष आरती गरिएको हो। सोमबारको विशेष आरतीमा बाक्लो संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो। 

विगत ११७ दिनदेखि लक्ष्मीनारायण मन्दिरमा नियमित आरती हुँदै आएको छ। लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका दिनेश विक्रम शाहको विशेष पहलमा बनेको मन्दिरमा दैनिक आरती गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ।

२०७७ साल भदौ २७ मा निर्माण सुरु गरी २०७८ मंसिर १२ मा सम्पन्‍न गरिएको मन्दिरमा दसैंको जमरा राखेर वितरण गर्नेदेखि दैनिक बिहान पूजा र बेलुकाको समयमा आरती हुँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शाहले जानकारी दिए। उनले आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँदै पछिल्लो समय युवा पुस्तालाई आफ्नो सनातन धर्ममा लाग्‍न सबैले प्रेरित गर्नुपर्ने बताएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 23, 2024| 07:59 मंगलबार, माघ ९, २०८०
प्रतिक्रिया दिनुहोस्