सोमबार, वैशाख १७, २०८१

हमास प्रमुख हनिया र टर्कीका विदेशमन्त्रीबीच भेटवार्ता

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

गाजा- प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह हमासका कतारस्थित प्रमुख इस्माइल हनिया र टर्कीका विदेशमन्त्रीबीच शनिबार भेटवार्ता भएको छ। 

triton college

गत अक्टोबर ७ मा इजरायलको मा एक्कासी आक्रमण गर्दा कम्तीमा एक हजार एक हजार १४० जनाको मृत्यु भएको र हमासका लडाकूहरूले करिब २५० बन्धकहरूलाई कब्जामा लिएका थिए। 

इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता हमास र बाँकी बन्दीहरूको रिहाईका साथै ‘जतिसक्दो चाँडो युद्धविराम’ गर्नु छलफलको मुख्य विषय भएको टर्की सम्वद्ध स्रोतले जनाएको छ।

स्रोतका अनुसार भेटका क्रममा दुवै पक्षले ‘मानवीय सहायता बढाउने र स्थायी शान्तिको लागि दुई–राज्य समाधान’ का बिषयमा छलफल भएको छ। फिदान र हनियाबीच पछिल्लो पटक अक्टोबर १६ मा फोन वार्ता भएको थियो।

हमासको आक्रमणको प्रतिक्रियास्वरूप इजरायलद्वारा हमासमाथि शुरू गरेको आक्रमणको जवाफमा हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको छ। इजरायलले गरेको लगातारको बमबारी र स्थल आक्रमणका कारण गाजामा कम्तीमा २५ हजार १०५ जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन्।

corrent noodles
Metro Mart

इस्तानबुल अक्टोबर ७ को आक्रमण अघि हमासका राजनीतिक नेताहरूको आधारको रूपमा काम गर्दथ्यो। इजरायलको इतिहासकै सबैभन्दा घातक आक्रमणको उत्सव मनाउँदै गरेको भिडियोमा टर्कीको भू–भाग कैद भएपछि टर्कीले हमासका प्रमुखलाई देश छोड्न भनेको थियो।

तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन गाजामा भइरहेको मृत्यु र विनाशको परिमाणको मुस्लिम विश्वको सबैभन्दा कठोर आलोचक बनेका छन्। एर्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई एडोल्फ हिटलरसँग तुलना गर्दै अमेरिकाले प्यालेस्टाइनीहरूको ‘नरसंहार’लाई प्रायोजन गरेको आरोप लगाएका छन्। 

प्रकाशित: Jan 21, 2024| 21:15 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्