मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फेब्रुअरी ८ मा हुने निर्वाचनमा पीपीपी र पीएमएल–एनबीच मुख्य प्रतिस्पर्धा: भुट्टो

फेब्रुअरी ८ मा हुने निर्वाचनमा पीपीपी र पीएमएल–एनबीच मुख्य प्रतिस्पर्धा: भुट्टो

 |  आइतबार, माघ ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ ७, २०८०

इस्लामावाद- पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचन पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र उहाँको पार्टीबीचको संघर्ष हुने बताएका छन्। 

National life

पूर्व विदेशमन्त्री भुट्टोले पीपीपीले ‘भोट पावर’मा पूर्ण विश्वास गरेको बताए। उनले भने, 'पीपीपी बाहेक सबै पार्टीहरू अभिजात वर्गको प्रतिनिधित्व गर्छन् जसले धनी व्यक्तिहरूलाई फाइदा पुर्‍याउँछ र गरिबहरूलाई हानि पुर्‍याउँछ।'

उनले आफ्नो पार्टीको जित औसत नागरिकका लागि ‘राहतको सास’ को रूपमा आउने दाबी गर्दै फेब्रुअरी ८ को आम चुनावमा दुई प्रमुख दल पीपीपी र पीएमएल–एनबीच मात्र प्रतिस्पर्धा हुने दाबी गरे। 

पीएमएल–एन अध्यक्ष तथा पूर्व प्रधानमन्त्री शहबाज सरिफ जहाँबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएको छ त्यहाँका मानिसहरूलाई स्वच्छ पिउने पानीको पहुँच नभएको भन्दै भुट्टोले पीपीपीको १० बुँदे कार्यक्रमले देशलाई सबै राजनीतिक, आर्थिक र सुरक्षा समस्याबाट पार पाउन मद्दत गर्ने दावी गरे। 

भुट्टोलाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, 'पाकिस्तानले हाम्रो १० सूत्रीय आर्थिक एजेन्डा लागू गरेर मुद्रास्फीति र गरिबीबाट छुटकारा पाउन सक्छ, यसअघि जनवरीमा पीपीपी अध्यक्षले फेब्रुअरी ८ को चुनावका लागि आफ्नो पार्टीको घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थियो।' 

Laxmi sunrise bank
kumari

घोषणापत्रमा आय वृद्धि गर्ने, ३० लाख आवास निर्माण गर्ने, प्रत्येक घरधुरीलाई ३०० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने, प्रत्येक जिल्लामा हरित ऊर्जा पार्क स्थापना गर्ने र सौर्य तथा वायु ऊर्जाका स्रोतको प्रयोग गरी पूरा गर्ने उल्लेख छ।

प्रकाशित: Jan 21, 2024| 20:50 आइतबार, माघ ७, २०८०
प्रतिक्रिया दिनुहोस्