बिहीबार, वैशाख ३, २०८३

विवाद समाधानका लागि चीनले मध्यस्थता गर्ने

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

इस्लामावाद- पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकूलाई लक्षित गरी हाले भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबीच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ। 

National life

पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सात जना इरानी सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, 'दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ।'

उनले भने, 'यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौं।'  आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसङ्ख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन्।

बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकूसमूहमाथि आक्रमण गरेको बताएको थियो। तेहरानले कम्तीमा सात जनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएको जनाएको छ।

kumari

दुवै देश बेइजिङका घनिष्ठ साझेदार र साङ्घाई कोअपरेसन अर्गनाइजेसनका सदस्य हुन्। इरान र पाकिस्तान चीनका मित्र राष्ट्र र महत्वपूर्ण प्रभाव भएका देश भएको भन्दै मध्यस्थताका लागि चीनको पहल रहने प्रवक्ता माओले दोहोर्‍याए। 

प्रकाशित: Jan 18, 2024| 21:20 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्