बुधबार, पुस २, २०८२

सन् २०२३ मा यूरोपका विद्युतीय कार बिक्रीमा सुधार

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

ब्रसेल्स- सन् २०२३ मा यूरोपमा नयाँ मोडेलका कारको बिक्रीमा १३.९ प्रतिशतले वृद्धि भएको छ भने विद्युतीय सवारी साधनले पहिलो पटक डिजेललाई उछिनेको ‘यूरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन’ ले बिहीबार जनाएको छ।

National life

एसोसिएसनका अनुसार सन् २०२३ मा विद्युतीय कारको बिक्री अघिल्लो बर्षको तुलनामा ३७ प्रतिशतले बढेको छ भने नयाँ कारको कूल बिक्रीमा १४.६ प्रतिशतले वृद्धि भएको छ।

यो आँकडा सन् २०२२ को तुलनामा कूल बिक्रीमा निकै कमी हो। गत बर्ष नयाँ सवारी दर्ता सन् १९९३ यताकै सबैभन्दा न्यून स्तरमा झरेको थियो। सन् २०२२ को तुलनामा फ्रान्स, इटाली र स्पेनमा बिक्रीमा दोहोरो अङ्कको वृद्धि भएको छ।

कार कम्पनीहरूले जीवास्म इन्धन जलेर चल्ने इन्जिन गाडीहरूको बिक्री चरणबद्ध रूपमा समाप्त गर्न युरोपेली युनियनले २०३५ को समयसीमा तोकेको छ। 

गत वर्ष हाइब्रिड कारको बिक्री पनि करिब ३० प्रतिशतले बढेको थियो।

Laxmi sunrise bank
kumari

यद्यपि, पेट्रोल कारहरू अझै पनि नयाँ वाहन बजारको एक ठूलो हिस्सा रहेको छ। पेट्रोल कारको बजारले गत बर्ष यूरोपभरको बिक्रीको ३५.३ प्रतिशत अर्थात् ३७ लाख कारहरूको विक्रीको प्रतिनिधित्व गरेको थियो। 

भोल्क्सवागनले सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी अर्थात् २८ लाख नयाँ कार बिक्री गरेको उक्त कम्पनीले जनाएको छ। 

प्रकाशित: Jan 18, 2024| 20:25 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्