सोमबार, भदौ २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जापानद्वारा अमेरिकाबाट लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद सम्झौता

जापानद्वारा अमेरिकाबाट लामो दूरीको ४०० क्षेप्यास्त्र खरिद सम्झौता

 |  बिहीबार, माघ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

vianetvianet

टोकियो- जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ। 

Kumaribank

बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सामना गर्दै जापानी सरकारले सन् २०२७ सम्म आफ्नो रक्षा खर्चलाई दोब्बर बनाएर नाटोको मापदण्डअनुसार कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतसम्म बनाउने योजना बनाइरहेको छ। 

एक हजार छ सय किलोमिटरसम्म मार हान्न सक्ने दुई प्रकारका टोमाहकहरू दुई अर्ब ३५ करोड अमेरिकी डलरसम्मको बिक्रीलाई नोभेम्बरमा वासिङ्टनले अनुमोदन गरेको थियो। 

'यो हस्ताक्षरको निष्कर्षका साथ टोमाहक क्षेप्यास्त्र खरिद कार्य सुरु हुनेछ,' टोक्योमा सम्झौतामा हस्ताक्षर भएपछि रक्षा मन्त्रालयका एक अधिकारीले बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “रक्षा बजेटको सुदृढ कार्यान्वयनमार्फत हामी आफ्नो रक्षा क्षमतालाई व्यापकरूपमा सुदृढ गर्नेछौँ।'

जापानले अप्रिलदेखि लागु हुने अर्को आर्थिक वर्षका लागि ५६ अर्ब डलरको कीर्तिमानी रक्षा बजेट स्वीकृत गरेको छ। जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ। उक्त संविधानले आफ्नो सेनालाई स्पष्टरूपमा रक्षात्मक  उपायहरूमा सीमित गर्दछ। 

Metro Mart

यद्यपि गत वर्ष प्रमुख सुरक्षा तथा रक्षा नीतिहरूलाई अद्यावधिक गर्दा टोक्योले चीनले प्रस्तुत गरेको चुनौतीहरूलाई स्पष्टरूपमा रेखाङ्कित गर्यो। अघिल्लो दिनको एक पत्रकार सम्मेलनमा अमेरिकी राजदूत रहम इमानुएलले जापानको नयाँ रक्षा प्रयासको प्रशंसा गरे। 'आक्रमणकारीहरू झनझन थप जुझारु हुँदै जाँदा जापान आक्रामकताको लागत बढाएर शान्ति र समृद्धिको रक्षाका लागि जुट्ने मुलुकहरूमा अग्रपङ्क्तिमा रहेको छ,' उनले भने।

अमेरिकालाई इजाजतपत्रअन्तर्गत जापानमा बनेको प्याट्रियट क्षेप्यास्त्रहरू बिक्री गर्न सक्षम बनाउन गत महिना टोक्योले हतियार निर्यात नियन्त्रणलाई खुकुलो बनाएको थियो। युक्रेनलाई हतियार पठाएपछि अमेरिकाले आफ्नो स्टक भर्न खोजिरहेको छ। 

प्रकाशित: Jan 18, 2024| 18:40 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्