सोमबार, भदौ २३, २०८२

भारतको आकास एयरद्वारा बोइङका १५० विमान माग

 |  बिहीबार, माघ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

vianetvianet

नयाँ दिल्ली- भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ।

Kumaribank

गत जनवरीको सुरुमा अलास्का एयरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेटविमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ।

आकास एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८-२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भारतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताए। 

सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको आकास बोइङको बलियो सहयोगी रहँदै आएको छ। प्रमुख कार्यकारी अधिकृत दुबेले भने, ‘आकास एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञालाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ। 

यो मागमा अलास्का एयरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन। कुनै पनि भारतीय एयरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन्।

Metro Mart

देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७ ८ म्याक्स विमानको परीक्षण सन्तोषजनकरूपमा सम्पन्न भएको बताएको थियो।

प्रकाशित: Jan 18, 2024| 17:40 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्