आइतबार, मंसिर २८, २०८२

आहा रारा पोखरा गोल्डकपमा १२ टोली सहभागी हुने

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुँदै आएको आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणमा १२ टोलीले सहभागिता जनाउने भएका छन्। आयोजकले आठ ‘ए’ डिभिजन, दुई विदेशी, एक मोफसल र एक आयोजक गरी १२ टोलीको सहभागिता जनाउने जानकारी दिएको हो।

National life

माघ ९ देखि २० सम्म हुने प्रतियोगितामा ‘ए’ डिभिजनका चर्च ब्वाइज युनाइटेड, साविक विजेता संकटा, मछिन्द्र, त्रिभुवन आर्मी, मनाङ मर्स्याङदी, नेपाल पुलिस, थ्री स्टार, विदेशी टोलीमा भारतको आइ लिग खेल्नेदिल्ली एफसी, भुटानको पारो एफसी, मोफेसलको राइजिङ स्टार एफसी, तथा आयोजक सहारा क्लब पोखराको सहभागिता रहनेछ। ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्धारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, सुपर लिगका, विदेशी, मोफसल तथा आयोजकको टोलीले भाग लिने छन्।

प्रतियोगितालाई सधा झैं हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ (एन्फा), जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अस्ट्रेलियालगायतको विशेष सहयोग रहने छ।

यसैगरी प्रतियोगितालाई लुम्बिनी विकास बैंकले अफिसियल बैंक तथा बुद्ध एयर अफिसियल एयरलायन्सको रूपमा साथ दिएका छन्।  प्रतियोगिताबाट बचत रकम क्लबद्धरा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने छ।

गत संस्करण संकटा क्लब भुटनीज युथ स्पोर्टस क्लब, मिनिसोटा, अमेरिकालाई हराउँदै च्याम्पियन बनेको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 11, 2024| 14:42 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्