शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

इलाममा गजबको फुटबल क्रेज

पक्की प्याराफिटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौं खर्च गरेर बाँसको अस्थायी प्याराफिट निर्माण गर्नुपर्ने बाध्यता छ।
 |  आइतबार, पुस १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

फिक्कल (इलाम)- इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ। लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्याराफिटसहितका स्तरीय खेलमैदान छैनन्।

triton college

पक्की प्याराफिटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौं खर्च गरेर बाँसको अस्थायी प्याराफिट निर्माण गर्नुपर्ने बाध्यता छ। आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ। गोल्डकप सञ्चालनका लागि तीन हजार बढी बाँस प्रयोग गरेर अस्थायी प्याराफिट बनाउन थालिएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले बताए।

सदरमुकामको खेलमैदानमा पक्की प्याराफिट नभएपछि बाँसको अस्थायी प्याराफिट निर्माण गर्नु आयोजकको बाध्यता भएको सचिव घिमिरेले बताए। इलामका अधिकांश क्षेत्रमा आयोजना हुने गोल्डकपमा बाँसको अस्थायी प्याराफिट प्रयोग गर्ने गरिएको छ। अस्याथी प्याराफिट करिब चार हजार दर्शक अटाउने क्षमताको रहेको सचिव घिमिरेले जानकारी दिए। टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए।

अस्थायी प्याराफिट निर्माणसँगै इलाम गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ। 'सदरमुकामको मुख्य बजारसँगै रहेको टुँडीखेलमा स्थायी प्याराफिट नभएकाले बाँसको अस्थायी प्याराफिट निर्माण गरिरहेका छौँ”, सचिव घिमिरेले भने, 'दर्शकको सुविधाका लागि प्याराफिट निर्माणको काम ७५ प्रतिशत सकिएको छ।' मैदानको एकातर्फ जमिनको भूभाग भएकाले बाँकी तीन भागमा बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको घिमिरेले बताए। टुँडीखेल स्तरोन्नति र प्याराफिट निर्माणका लागि १० लाख खर्च लागेको उनले बताए।

गोल्डकपमा आयोजकसहित नेपालका ‘ए’ डिभिजन क्लब र भारतका क्लब गरी आठ टोलीको सहभागिता रहने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मुले जानकारी दिए। उनका अनुसार आयोजक रेडहर्ष फुटक्बल क्लबसहित ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी), एकाडेमी रोयल एक्सिलेन्सा डुबाला क्यामरुन, पाँचथर युवा क्लब, झापा युनाइटेड, जागृती युवाक्लब इटहरी, बागमती युवाक्लब र विदेशी टोली भारत दार्जिलिङको सहभागिता रहनेछ। गोल्डकप विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख पाउनेछन्।

Metro Mart
vianet

यसअघि सदरमुकाममा माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन हुँदै आएको थियो तर छैटौँ संस्करणसम्म सञ्चालन भए पनि विविध कारण देखाउँदै स्थगित भएपछि पहिलोपटक इलाम गोल्डकप सुरु हुन लागेको हो। रासस

प्रकाशित: Dec 31, 2023| 08:43 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्