मंगलबार, पुस १, २०८२

रुसको अधिकांश तेल निर्यात चीन र भारततिर

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

नयाँ दिल्ली- युक्रेन द्वन्द्वमा पश्चिमी प्रतिबन्धबाट प्रभावित भएको करिब दुई वर्षपछि रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसले आफ्नो तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनःनिर्देशित गरेको बुधबार बताएका छन्। 

National life

सन् २०२२ मा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना पठाएपछि पश्चिमी मुलुकहरूले रुसमाथि समुद्री तेल आपूर्तिमा युरोपेली युनियन (इयु) को प्रतिबन्धलगायत धेरै प्रतिबन्ध लगाएका छन्।

'हामी यसअघि युरोपलाई कूल ४० देखि ४५ प्रतिशत तेल र तेल उत्पादनको आपूर्ति गर्थ्यौँ,' ऊर्जा नीतिको समेत जिम्मेबारी सम्हाल्नुभएका उपप्रधानमन्त्री नोभाकले एक टेलिभिजन अन्तरवार्तामा भने, 'यस वर्ष यो आँकडा कूल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा धेरै हुँदैन भन्ने हामीलाई अनुमान छ।'

युरोपमा आफ्नो अधिकांश बजार हिस्सा गुमाइरहेकाले मस्कोले चीनसहित अन्य खरिदकर्तातर्फ ध्यान दिएको छ। 'मस्कोको तेल निर्यातमा ४५ देखि ५० प्रतिशत हिस्सासम्म बढाएको चीन र भारत विद्यमान अवस्थामा हाम्रा मुख्य साझेदार बनेका छन्,' उनले भने। पहिला कुनै ढुवानी प्राप्त नगरेको भारत अहिले प्रमुख खरिदकर्ता भएको छ। 

नोभाकले भने, 'दुई वर्षमा भारतमा आपूर्तिमा कूल हिस्सा करिब ४० प्रतिशतसम्म बढेको छ।' कच्चा तेललाई रिफाइन गरी युरोपेली ग्राहकहरूलाई बिक्री गर्नुअघि रुसबाट छुटमा कच्चा तेल लिन भारत सक्षम भएको रिपोर्टमा बताइएको छ। यद्यपि यस्तो बिक्री कानूनी भए पनि यो रुसी तेलका लागि पछाडिको ढोकाको बाटो भएको र यसले प्रतिबन्धको प्रभावलाई कमजोर बनाउने आलोचकहरूले बताएका छन्। 

Laxmi sunrise bank
kumari

मस्कोले इयुका मुलुकहरूलाई आफ्नो निर्यातमा कटौती गरेकाले रुसले आफ्नो प्राकृतिक ग्यास निर्यातका लागि नयाँ बजार खोज्नुपरेको छ। इयुले पनि नयाँ आपूर्तिकर्ताहरू खोज्नुपरेको छ। 

उपप्रधानमन्त्री नोभाकले सन् २०२३ मा धेरै प्रतिबन्ध लागे पनि रुसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताए। उनका अनुसार यस वर्ष रुसी तेल र ग्यासको राजस्व करिब नौ हजार अर्ब रुबल (९८ अर्ब अमेरिकी डलर) हुनेछ। यो सन् २०२१ मा युक्रेनमाथि आक्रमण गर्नुअघिको समान स्तर हो। 

उनले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा तेल र ग्यास उद्योगको हिस्सा २७ प्रतिशत रहेको जानकारी दिए। यो रुसको कूल निर्यात राजस्वको ५७ प्रतिशत हो। उनले अन्य खरिदकर्ताहरूका लागि रुस खुला रहेको बताए। 'रुसी तेल किन्न चाहने धेरै छन्, यी ल्याटिन अमेरिकी, अफ्रिकी र एसिया–प्रशान्त क्षेत्र अन्य देश हुन्,' उनले भने। 

प्रकाशित: Dec 27, 2023| 22:00 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्