आइतबार, असार १४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • यमन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसंघको ‘रोडम्याप’को स्वागत

यमन युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसंघको ‘रोडम्याप’को स्वागत

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

काठमाडौं- यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले गृहयुद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा गरिएको प्रयासको स्वागत गरेको छ।

National life

सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले सानामाथि कब्जा जमाएपछि अरब प्रायद्वीपको सबैभन्दा गरिब देश द्वन्द्वको चपेटामा परेको छ।

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामले अप्रिल २०२२ मा शत्रुतामा तीव्र कमी ल्याएको थियो। युद्धविराम गत वर्षको अक्टोबरमा समाप्त भएको थियो, यद्यपि युद्ध धेरै हदसम्म रोकिएको छ।

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार दुवै पक्षले नयाँ युद्धविराम गर्न र संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन प्रतिबद्ध रहेको बताउनुभएको थियो। 

यमन सरकारले आइतबार एक विज्ञप्ति जारी गरी भनेको छ,'युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा रोडम्यापमा पुग्न गरिएका प्रयासहरूको बारेमा विशेष दूतद्वारा जारी वक्तव्यलाई यमन सरकारद्वारा स्वागत गर्दछ।'

Shivam cement

सरकारले शान्ति प्रक्रियालाई अघि बढाउन साउदी अरेबिया र ओमानले गरेको प्रयासप्रति पनि धन्यवाद व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय सङ्कट निवारण समूहको वरिष्ठ विश्लेषक अहमद नागीले संयुक्त राष्ट्रसङ्घले यस प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए। 

'यो घोषणाले पछिल्ला महिनाहरूमा वार्तामा भएका प्रगतिको खाका प्रस्तुत गरेको छ,' उनले एएफपीसँग भने, 'घोषणापछि साउदी अरब पछि हट्दै संयुक्त राष्ट्रसङ्घले अब वार्ताको नेतृत्व गरिरहेको र संयुक्त राष्ट्रसङ्घलाई भविष्यका राजनीतिक सम्झौताहरू सम्हाल्न अनुमति दिएको छ।'

स्थायी शान्तिको झिनो आशाका बावजुद साउदी अरबले द्वन्द्वबाट आफूलाई मुक्त गर्न प्रयास गरिरहेको छ। धार्मिक, क्षेत्रीय र राजनीतिक क्षेत्रमा गहिरो रूपमा विभाजित रहेको यमनमा सैन्य भूमिका घटाउने रियादको योजनाले शान्ति ल्याउनेमा धेरै विश्लेषकहरू आशावादी थिएनन्। 

प्रकाशित: Dec 25, 2023| 19:42 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्