शनिबार, साउन ९, २०८३

लघुकथा-घर भित्रको अपराधी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एकाबिहानै कमला चिच्याउन थाली ‘लौ न नि के भयो मेरो नानुलाई कुन असति पापीले यस्तो गर्यो दया माया केही नभएको पशु’ नौ वर्षकी छोरीलाई काखमा राखेर बर्बराउदै थिई।

‘यो लोग्ने मान्छेको त बिश्वासै नहुने राति कति बेरमा आए कि बिहान हो आएको यो जुवाडे र जड्याहा पोइ त शत्रुलाई नि नपरोस कस्तो भाग्य मेरो त यस्तासँग बस्नु भन्दा त कुल्लीसँग पोईल गए बरु सुख हुन्थ्यो होला” भएभरको बिलौना एकै पटक पोखेर सकी कमलाले।

‘आमा दुख्यो मरे नि’ छोरीको कारुणिक शब्दले उसको मन छियाछिया बनायो त्यति बेलासम्म वरिपरिका छरछिमेकी पनि जम्मा भैसकेका थिए । ‘पहिला नानुलाई अस्पताल लैजाउ अनि पुलिस थाना जाउला’एक भद्र बोल्दै थिए। ‘के गर्नु र म अभागी यसो घरको जोहो मिलाउन एक रात माईत गएकी छोरीको यो हाल घरमा लोग्ने भएर पनि कुनै सार छैन,’ उ रुँदै छोरीलाई सुम्सुम्याउदै थिई ।

रामु चुपचाप टाउको निहुराएर बसेको थियो। अस्पतालमा सबै चेकजाँच गरेपछी यो बलात्कार हो यस्तो अपराधीलाई छोड्न हुन्न यस्तो अपराध गर्नेलाई सजाय त दिनै पर्छ। 

आजभोली समाजमा  छोरीहरु सार्है असुरक्षित  हुनथाले नानुलाई होस आउन दिउँ उसले भन्नसक्छे कि भन्दै थिए आफन्त छिमेकीहरु। चुपचाप बसेको रामुको शिर अझै उठेको थिएन ।

‘ए रामे त कहाँ थिईस अब त आफ्नो कर्तव्य पनि सम्झी तीनतीन बच्चाको बाउ भैसकिस्’ पल्ला घरे जेठा कड्किए । यतिकैमा छोरी सुनुलाई होस आयो भेट्न सक्नु हुन्छ भन्ने आदेश सँगै सबै उतै लाग्छन् । पीडाले छट्पटिँदै गरेकी सुनुले आँखाबाट आँसु झार्दै बाबुको मुखमा हेरेर भनी ‘बाबा मिठाई जस्तो गुलियो हुन्छ मज्जा हुन्छ, कसैलाई नभन्नु भन्नू हुन्थ्यो त भएन दुख्यो पोल्यो ऐया! मरे  आमा’ भन्दा त सबै  स्तब्ध भए मुखामुख गरे त्यति बेला सम्म प्रहरी पनि पुगिसकेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।