शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज मंसिर १२ गते बुधबार कहाँ, के-के भए? अब थाहापाउनुस्, नेपाल समय दिनभरी।

पोखरा त साँच्चिकै पो पोखरा नै रैछ

पोखरा महानगरपालिका वडा नं २ भैरवटोलका आनन्दराज मुल्मीको सटरसहितका दुई कोठाभरि पुराना तस्वीर सजिएका थिए। एक हुल स्थानीयवासी आफ्नो बाल्यकाल बिताएका ठाउँको पहिचानको खोजी गर्दै थियो।

शुक्रबारदेखि एसिया प्यासिफिक शिखर सम्मेलन काठमाडौंमा

एसिया प्यासिफिक शिखर सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। एसिया प्यासिफिक क्षेत्रका सरकार प्रमुख, राष्ट्रप्रमुख एवं अति विशिष्ट व्यक्तिको सहभागिता रहने सम्मेलनमा यस क्षेत्रले भोग्नु परेको समस्याका बारेमा छलफल गरी काठमाण्डौं घोषणापत्र जारी गरिनेछ। 

देउवाले नचाहेको कांग्रेसको ककनी भेलामा के हुँदैछ ?

नेपाली कांग्रेसको महासमिति बैठकको मुखमा कांग्रेसका जिल्ला सभापतिको दुई दिने भेला  बुधबारबाट ककनीमा सुरु भएको छ।

प्रचण्ड निवासमा ओलीविरुद्ध उजुरी 

मंगलबार दिउँसो साढे १ बज्नै लाग्दा नेकपा केन्द्रीय सदस्य डा. विजय पौडेलको मोबाइलमा घन्टी बज्यो। त्यो घन्टी अन्त कतैको थिएन, नेकपा अध्यक्ष प्रचण्ड निवासबाट आएको थियो।  उनलाई भनियो, ‘आज दिउँसो २ बजे अध्यक्ष कमरेडले तपाईंहरूसँग भेट्न समय दिनुभएको छ।

प्रधानन्यायाधीशमा जोशी फेरि सिफारिस, चोलेन्द्र पनि छानिए 

प्रधानन्यायाधीशका लागि संसदीय सुनवाई विशेष समितिबाट अस्विकृत भएका दिपकराज जोशी पुनः प्रधानन्यायाधीशका लागि सिफारिस भएका छन्।

लाज पचाएका हाकिमहरू!

संस्कृतमा एउटा भनाइ छ- एका लज्जां परित्यज्य, सर्वत्र विजयी भवेत् अर्थात् लाज भन्ने एउटा कुरा पचायो भने जताततै विजयी भइन्छ । यसको मर्म एउटा हो तर नेपाली समाजमा अर्थ अर्कै लाग्ने गरेको छ । लाज, सरम वा धक मानेका कारण चाहिँदा काम पनि गर्न नसकेर त्यसै बसेका मानिसलाई उत्साह प्रदान ग

घोंगी र माछा खान तँछाडमछाड

नजिकै करिब ३० मिटर उत्तरको खुला चौरमा कुस्तीबाजको प्रतिस्पर्धा चलिरहेको छ। सोही मैदानको दक्षिणतर्फ एउटा टेन्टभित्र घोगी, गंगटा र झोल माछा खाने सर्वसाधारणको तँछाडमछाड चलिरहेको छ । लाठी, झर्रा नाचमा पिँडुंला मर्काउँदै थारू युवा नाचिरहको दृश्य मोबाइल, क्यामरा र मनभित्र कैद गर्नेको भीड पनि उत्तिकै छ।

धनकुटामा मौलाउँदै एभोकाडो प्रेम

धनकुटामा एभोकाडो फलको व्यावसायिक उत्पादन भएपछि किसानहरू यसतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले एभोकाडोलाई विशेष महत्त्व दिएर किसानलाई सहयो गर्दै आएको छ।

बाइक दुर्घटना: एकको मृत्यु, २१ जना घाइते

सुर्खेतमा बुधबार बाइक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिम्ता गाउँपालिका-४ गुरु भिरमा भे८प ३४२४ नम्बरको बाइक दुर्घटना हुँदा जाजरकोट शिवालय गाउपलिका-९ नाहाडाका महेन्द्र चन्द ठकुरीको मृत्यु भएको हो। ठकुरी भिरबाट भेरी नदीमा खसेका थिए।

आमा दबलम आरोहणबाट फर्किने क्रममा अमेरिकी नागरिकको मृत्यु

सोलुखुम्बुको मझौला हिमाल आमा दबलम आरोहण गरेर आउने क्रममा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। हिमालयन गाइडर्स नेपाल ट्रेक एण्ड एक्पिडिसन प्राली काठमाण्डौबाट आमा दबलम आरोहण गर्ने १४ जनामध्ये एक जनाको मृत्यू भएको हो। 

काठमाडौंमा कुन दिन जोर ?, कुन दिन बिजोर?

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहिबारदेखि जोर-बिजोर प्रणाली लागू हुने भएको छ। एशिया प्यासेफिक सम्मेलनलार्इ ध्‍यानमा राखेर मंसिर १३ गते देखि १६ सम्म ४ दिनका लागि जोर बिजोर प्रणाली लागू गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

वाइड बडी घोटाला: लेखाले माग्यो खरिदको फाइल

वाइड बडी घोटाला कान्डको विषयमा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले खरिद प्रकृयाको फाइल दश दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

श्रृंखलाको भोटिङ क्याम्पियनमा नेकपाका नेता

सन् २०१८ मा मिस नेपाल बन्न सफल श्रृंखला खतिवडा यतिबेला मिस वर्ल्डको प्रतिस्पर्धामा छन्। चीनमा जारी प्रतियोगिताको ६८ औं संस्करणमा सहभागी खतिवडाले १२० देशका सुन्दरीमध्ये सबैभन्दा धेरै भोट पाएकी छन्।

प्रियंकाको विवाहमा बलिउड कलाकार किन 'आउट' ?

बलिउडकी देशी गर्ल प्रियंका चोपडा छिट्टै विदेशी बुहारी बन्ने भएकी छन्। उनी आफ्ना विदेशी मगतर निक जोनसँग वैवाहिक सम्बन्धमा गाँसिन लागेकी हुन्। उनीहरुको विवाहको तयारी जोधपुरको उमेद भवनमा चलिरहेको छ। अहिले बिहेको आधिकारिक दिन भने घोषण भएको छैन। 

नेपाल र भारत फाईनलमा

नेपाल र भारत काठमाण्डौमा जारी दक्षिण एशियाली यु-२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्समा उपाधी नजिक पुगेका छन् । नेपालले सेमिफाईनलमा बंगलादेशलाई ३-० को जित निकाल्दै उपाधी नजिक पुगेको हो।

पिएसजी, बार्सिलोना, लिभरपुल, मड्रिड भिड्दै, कसको प्रतिद्वन्द्वी को ?

युइएफए च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) ८ खेल हुँदैछन् । बुधबार राति हुने ८ खेलमध्ये केही महत्वपूर्ण खेलहरू हुँदैछन् । जहाँ लोकोमोटिभ मोस्कोविरुद्ध गालाटासरी तथा एथ्लेटिको मड्रिडविरुद्ध मोनाकोले नेपाली समय अनुसार राति ११:४० बज खेल्दै छन् ।

तीन अमेरिकी सैनिक अफगानिस्तानमा मारिए

अफगानिस्तानको घाज्नी प्रान्तमा रहेको एक शहरमा विस्फोटक पदार्थ विस्फोटमा परी मङ्गलबार तीन अमेरिकी सैनिकको मृत्यु भएको छ। अफगानिस्तानमा नेटो सैन्य अन्तर्गत कार्यरत अमेरिकी सैनिकले दिएको जानकारीअनुसार यस विस्फोटमा परी अन्य तीन आफ्ना सदस्यहरु घाइते भएका छन्।   

चीनमा भएको विस्फोटमा २२ को मृत्यु, २२ भन्दा बढी घाइते

उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरस्थित एक रासायिक कारखाना नजिकै भएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ। बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ जनाको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।   


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।