शनिबार, साउन ९, २०८३

जनता बैंकको सञ्चालकमा मिनाकुमारी सैंजु नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जनता बैंक नेपाल लिमिटेडको बुधबार सम्पन्न संचालक समितिको बैठकले मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरेको छ।

सैंजुलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो। संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त दिनमै उनलाई पद तथा गोपनियताको सफथ ग्रहण गराएका हुन्। 

बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैजु नेपाल बैंक लिमिटेडबाट विस २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन्। 

बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्ने संैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने विश्वास लिइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्