बुधबार, चैत ६, २०८१

जनकपुरमा झुल्नोत्सवको रौनक [तस्बिरहरू]

मिथिलाञ्चलमा अहिले प्रत्येक साँझ मन्दिरमा झुलनोत्सवको रौनक देख्न सकिन्छ। जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइने गरिन्छ।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

जनकपुरधाम– मिथिलाञ्चलमा अहिले प्रत्येक साँझ मन्दिरमा झुलनोत्सवको रौनक देख्न सकिन्छ। जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइने गरिन्छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि सनातन धर्मालम्बीहरु मठ मन्दिरमा झुला महोत्सव धुमधामका साथ मनाइरहेका छन्।

health

मिथालाञ्चल क्षेत्र, भारतको विहार राज्य, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिर लगायत धनुषा, महोत्तरी, सिरहा, सर्लाही जिल्लामा धुमधामसाथ झुलनोत्सव पर्व मनाउने परम्परा छ।

साउन शुक्ल तृतिया तिथिबाट शुरु हुने झुलनोत्सव पूर्णिमासम्म प्रत्येक राति जारी रहन्छ। झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा छ। यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि देवीदेवताको प्रतिमा स्थापित प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए। यस उत्सवमा जनकपुरधामका मन्दिरहरुबीच उत्सवको प्रतिस्पर्धा नै देख्न सकिन्छ।

एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ। जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइन्छ।  

जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास गरेको बताइन्छ। दासको आगमनको समय सन् १७३० लाई मानिन्छ। त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरहरुको स्थापना भएको र विभिन्न उत्सवहरुको सुरुवातसमेत भएको मानिन्छ। 

मिथिलाञ्चलमा धानको रोपनी समाप्त हुने बित्तिकै झुला उत्सवको रौनक सुरु हुन्छ। यस क्रममा हरेक मठ मन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्व झल्किने गीतहरु कर्णप्रिय आवाजमा सुन्न सकिन्छ।





प्रकाशित: Aug 13, 2021| 16:19 शुक्रबार, साउन २९, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।