शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • मधेस
  • 'नगरपालिकाले कडाइ गर्ने हो भने जनकपुरका ७५ प्रतिशत घर भत्काउनुपर्छ'

'नगरपालिकाले कडाइ गर्ने हो भने जनकपुरका ७५ प्रतिशत घर भत्काउनुपर्छ'

 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

जनकपुरका पौराणिक र ऐतिहासिक पोखरीहरु, बाह्रबिघा मैदानलगायतको संरक्षण र सौन्दर्यीकरणको लागि सबै निकाय तँछाडमछाड गर्दै लागेका छन् तर अतिक्रमित पोखरीलाई अतिक्रमण मुक्त कसरी गर्ने भन्नेतर्फ कसैको ध्यान गएको देखिँदैन। किन ?
जनकपुरलाई सफा र सुन्दर बनाउने अभियानमा सबै लाग्नु राम्रो कुरा हो तर पोखरीको संरक्षण अतिक्रमण मुक्त कसरी गर्ने भन्नेमा नगरपालिका सचेत छ। नगरपालिकाभित्र जनकपुरका लगभग सबै पोखरी पर्छन्। हामीले जनप्रतिनिधि र कर्मचारीको एउटा टोली बनाएर पूरै २५ वटा वडामा घुमेर कुन–कुन पोखरीहरु अतिक्रमित छ, कस्तो अवस्थामा छ सबैको लिस्ट तयार गर्न लगाउने प्लानमा छौं। अनुगमनकर्ताले कति पोखरी भासिएको छ, कति पोखरी फोहर छ, कतिलाई बनाउनुपर्ने छ भन्ने रिपोर्ट तयार गर्छ र त्यस आधारमा बनाउने र संरक्षण गर्ने काम नगरपालिकाले गर्छ।

triton college

नगरपालिकाभित्र पर्ने सबै पोखरीलाई अतिक्रमणमुक्त गर्नको लागि नगरपालिकाले पहल गर्ने विचार गरेको छ। धेरै त्यस्ता अतिक्रमित पोखरीहरुको लागि पोलिसि बनाउनुपर्ने अवस्था छ, यो लामो समय लाग्ने कार्य हो। जनकपुर पुरानो शहर हो, यी सबै शहरी क्याम्पभित्र पर्न आउँछ। यहाँ पहिले बनेका भवनहरु बिना नक्साको बनेको छ। पोखरी अतिक्रमणमुक्त गर्न प्रक्रिया पुर्याएरर चाँडै लाग्ने तयारीमा छौं।

जनकपुरका अधिकांश घरहरु आज पनि बिना नक्साकै बन्ने गरेको छ, पुरानो घरहरुको अवस्था पनि उस्तै छ। नगरपालिकाले यसलाई कसरी सम्बोधन गर्छ ?
हो, धेरै घर अझै पनि बिना नक्साको बनाउने चलन छ जसले नगरपालिकाको समस्या बढाइदिएको पक्का हो। नगरपालिकाले पहल गरेर कडाइ गर्यो भने जनकपुरको ७५ प्रतिशत घर भत्काउनुपर्ने हुन्छ। जो बिना नक्साको बनेको छ। मेरो व्यक्तिगत विचारमा एउटा पोलिसि बनाउनुपर्ने अवस्था देख्छु, जसमा नागरिकको सहुलियतको लागि घरधनीसँग जरिवाना लिएर घर दर्ता नै गराइदिने। जनकपुर पुरानो शहर हो, यहाँ धेरै पहिले बनेका घरहरु बिना नक्सा नै बनाइएका हुन् भने सबैलाई भत्काएर नयाँ नगर बसाउने कुरा पनि तर्कसंगत हुँदैन।

तर त्यस्तो घर र भवनहरुले शहर अव्यवस्थित हुने भयो नि ?
हुँदैन, बजार र सडकमा पर्ने कतिपय भवन र व्वयापारिक केन्द्रहरु नगरपालिकाले पहिले नै भत्काइसकेको छ। यो मेरो विचारमात्र हो, यसमा हामी सबैसँग छलफल नगरी त अगाडि बढ्दैनौं। तर बिना नक्सा बनाइएका त्यस्ता घरहरुको बारेमा नगरपालिकाले चाँडै निर्णय लिन्छ।

नगरको प्रायः गल्ली, नाला, पोखरीको डीलहरु फोहरको डंगुरमा परिणत भएको वर्षौ भयो, यो ऐतिहासिक शहरकै इज्जतको प्रश्न बनिसक्यो।
नगर सफाइको काममा पनि नगरपालिका लागि परेको छ। हामीले हरेक वडामा फोहर संकलन गर्ने एउटा ट्रयाक्टर र २ जना सफाइ कर्मचारी खटाएका छौं, जो वडाको जिम्मामा छ। यसले सडक, पोखरी नगर सबै सफा रहन्छ। अहिले जनकपुरको टोल–टोलमा नगरपाकिलाको फोहर उठाउने गाडी जान्छ। भर्खर शुरु गरेका छौं विस्तारै यसले आकार लिँदै जान्छ।

Metro Mart
vianet

सडक जाम गर्ने गरी सडकमा अलपत्र छाडा गाईवस्तुको लागि गौशाला बनाउनु भयो, यो राम्रो पहल हो तर अवस्थामा कत्ति पनि परिवर्तन देखिएन नि ?
छाडा घुमिरहेका गाईवस्तुलाई राख्ने र नगरलाई छाडा चौपाया मुक्त बनाउने उद्देश्यका साथ एउटा गौशाला निर्माण गरिएको हो। यसले सडक जनावरमुक्त हुनुका साथै दुर्घटनाको दर कम हुने अनुमान गरेका छौं। अहिले यो सञ्चालन भएको एक महिनामात्र भएको छ। विस्तारै छाडा छोडिएका गाईहरुलाई गौशालाभित्र ल्याउने क्रम जारी छ। केही समयपछि सडकमा त्यसरी अलपत्र गाईहरु देखिनेछैनन्।

निजी विद्यालयमा पढ्ने विद्यार्थी यहाँका सामुदायिकमा पनि भर्ना लिन्छन् भने मेडिकल र अन्य प्रतिस्पर्धामा अगाडि पनि तिनै आउने भए। अझ नगरपालिकाले कोटा पनि त्यस्तोलाई नै दिने भयो शिक्षा क्षेत्रमा नगरपालिकाको लापरवाहि अति भएन ?   
हो । वास्तवमा विकृति कतिसम्म छ भने निजी विद्यालयमा पढ्ने विद्यार्थीले सामुदायिकमा पनि नाम लेखाएका छन्। सामुदायिक विद्यालयले भर्ना लिने कारण विद्यार्थी पुर्याउनुपर्ने र विद्यार्थी संख्या देखाउनुपर्ने हुन्छ। त्यतिमात्रै नभएर सात–आठ कक्षा सञ्चालन गर्ने निर्णय लिएका निजी विद्यालयहरुले १० सम्म पढाइरहेको हुन्छ र प्रमाणपत्र दिने बेला सामुदायिक विद्यालयको दिने गरेको छ। म आफैं अनुगमनमा गएको थिएँ। मैले १२ वटा जति त्यस्तो विद्यालय पाएँ जसलाई अहिले नचलाउने भनेर मौखिक निर्देशन दिएको छु। त्यस्ता सबै विद्यालयलाई कडा कारवाही भित्र ल्याउने तयारी नगरपालिकाको छ।

नगरपालिकाभित्र पर्ने सबै सामुदायिक विद्यालयमा शैक्षिक अवस्था सुधारको लागि सामुदायिक विद्यालयमा अनुगमन गर्ने र शिक्षाको स्तरोन्नतिको लागि विषयगत शिक्षकलाई कुनकुन विद्यालयमा राख्नेजस्तो शिक्षक मिलानको कार्य अघि बढाउने योजना छ। यो प्रोजेक्ट तयार छ। लागू हुने कुरा कार्यपालिकामा निर्भर गर्छ।

प्रदशले मूल्यांकन गरेकोमा पाँच वटा विद्यालय मूल्यांकनमा परेको छ जसमा तीनवटा विद्यालय नगरपालिकाको आएको छ। त्यसमा विद्यार्थी मूल्यांकनको आधारमा संकटमोचन, ज्ञानकुपजस्तो विद्यालयहरु पनि छ जहाँ विद्यार्थी भर्ना हुन तँछाडमछाड गर्छन्।

- किशोरी साह
उपमेयर [जनकपुर उपमहानगरपालिका]

प्रकाशित: Sep 08, 2023| 15:41 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्