शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • मधेस
  • १६ करोड खर्चेर बाह्रबिघा मैदानको सौन्दर्यीकरण गरिँदै

१६ करोड खर्चेर बाह्रबिघा मैदानको सौन्दर्यीकरण गरिँदै

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काठमाडौं- मधेश प्रदेशको राजधानी जनकपुरस्थित ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघाको सौन्दर्यीकरणका लागि तयारी तीव्र पारिएको छ। जनकपुरको गौरवको रुपमा रहेको रंगभूमि मैदान सांस्कृतिक र धार्मिक महोत्सवहरुका लागि महत्वपूर्ण छ। रंगभूमि मैदानको सौन्दर्यीकरणका लागि प्रदेश सरकारले यसअघि नै घोषणा गरिसकेको छ।

triton college

जनकपुरमा हुने विवाह पञ्चमी मेला, मध्यमा परिक्रमालगायतमा बाह्रबिघाको विस्तृत भूगोलमा श्रद्धालुहरु शरण लिन पुग्छन् भने जनकपुरमा हुने प्रत्येक उत्सव, महोत्सवहरुमा बास बस्ने जोगीदेखि लिएर बाहिरबाट आएका धार्मिक पर्यटकका लागि रंगभूमि मैदान आश्रयस्थल पनि हो। तर यसको उचित व्यवस्थापन हुन सकेको थिएन।

उचित संरक्षण र सरसफाइको अभावमा उपेक्षितजस्तै रहेको बाह्रबिघाको सौन्दर्यीकरणलाई प्रदेशको गौरवको योजनाको रुपमा लिइएको छ। जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा पर्ने ऐतिहासिक रंगभूमि मैदानका वडा अध्यक्ष प्रमेश्वर साहका अनुसार प्रदेश सरकारले यस आर्थिक वर्षमा १६ करोड रुपैयाँ दिने भएको छ। उनले भने, 'सुदृढ परियोजनाको माध्यमबाट हामीले डिपीआर बनाइसकेका छौं। कुल ३२ करोडको प्रोजेक्ट रहेको छ। रंगभूमि मैदानको सौन्दर्यीकरण मेरो वडाको साथै प्रदेशकै लागि गौरवको योजनाको रुपमा छ। मेरो कार्यकालमा मैले यो कार्य गर्न पाउनु मेरो स्वयंको लागि पनि गौरव बोधको विषय हो।'

वडाध्यक्ष साहका अनुसार यसै आर्थिक वर्ष २०८०–०८१ को आश्विनसम्म प्रदेश सरकारले १६ करोड रकम वडालाई भुक्तानी दिनेछ। उनले रकम आएलगत्तै टेण्डर गरेर सौन्दर्यीकरणको कार्यमा जानको लागि तयार अवस्थामा रहेको जानकारी दिए। उनले जनकपुरमा रहेको उक्त विस्तृत क्षेत्र स्थानीयका साथै धार्मिक पर्यटक जो पटक पटक ऐतिहासिक जानकी मन्दिर दर्शन गर्न र मेला भर्न आउँछन्, उनीहरुको लागि मैदान मात्रै नभए मिथिलाको संस्कृतिको स्तम्भ पनि रहेको छ।

बाह्र बिघामा मेला पर्वदेखि राजनीतिक कार्यक्रम, खेलकुद, सभासमारोह, धार्मिक–सांस्कृतिक कार्यक्रमका साथै विविध गतिविधि वर्षौंदेखि हुँदै आएको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्। उनले रंगभूमिको सौन्दर्यीकरणले जनकपुरको मुहार नै सुन्दर हुने बताए।

Metro Mart
vianet

उनले भने बाह्रबिघा पहिले वास्तवमै १२ बिघा क्षेत्रफलमा रहेको थियो तर विस्तारै पर्खाल लगाउने र बाटो बनाउने नाममा अहिले त्यसको क्षेत्रफल घटेको छ। यद्यपि जनकपुरको पहिचानको रुपमा रहेको उक्त मैदान यहाँको गौरवको रुपमा रहेको छ। 

प्रकाशित: Sep 04, 2023| 18:08 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्