बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई ९ महिना जेल

आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई ९ महिना जेल

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

ओखलढुंगामा बाल यौन दुर्व्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजाय भएको छ। जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो।

National life

दुई छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुर्व्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित ५० हजार क्षतिपूर्ति र २० हजार जरिवाना असुलउपर गर्न सजाय सुनाइएको स्रेस्तेदार विनोदकुमार घिमिरेले बताए।

गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुर्व्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो।  साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो।

 

प्रकाशित: Aug 18, 2023| 17:08 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्