बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुन तस्करी प्रकरणमा पक्राउ परेका सात चिनियाँसँग नेपाली नागरिकता

सुन तस्करी प्रकरणमा पक्राउ परेका सात चिनियाँसँग नेपाली नागरिकता

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि रहेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका सात चिनियाँसँग नेपाली नागरिकता भेटिएको हो।

National life

उनीहरु सबैसँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नेपाली नागरिकता भेटिएको बताइएको छ। यो प्रकरणमा सुरुमा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको विषय सार्वजनिक भएकै भोलिपल्ट साउन ४ गते चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवानलाई पक्राउ गरेको थियो।

त्यसपछि ठमेलमा होटल भियना सञ्चालन गर्दै आएका तिब्तीयन मूलका थोप्तेन छिरिङ पक्राउ परेका थिए। उनीसँग नेपाल र बेल्जियमको नागरिकता रहेको खुलेको थियो। यही प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई पनि पक्राउ परेका छन्। साउन २९ गतेमात्रै गाउ हुइ, झोङ सेक चिन र ताङ पिङ पक्राउ परेका थिए। उनीहरुबाट ३१ लाख रुपैयाँसमेत बरामद भएको थियो।

पक्राउ परेका यी चिनियाँ नागरिकबाट नेपाली नागरिकता समेत बरामद भएको छ।

 

Shivam cement

प्रकाशित: Aug 18, 2023| 17:03 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्