बुधबार, जेठ २७, २०८३

फेसबुक आइडी ह्याक गरेर साढे १४ लाख ठग्ने पाँच जना पक्राउ

३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो।
 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं– विभिन्न व्यक्तिका ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगर–१७ रामनगर घर भई हाल काठमाडौं महानगर नयाँ बसपार्क बस्ने सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन गुरुङ तथा पोखरा महानगर–१० घर भई नयाँ बसपार्क बस्ने शुभेक्षा गुरुङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

उनका अनुसार पक्राउ परेको उक्त समूहले हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरी त्यसबाट उनीहरुले १४ लाख ५८ हजार ठगी गरेको खुलेको तथा हालसम्म २२ जना पीडित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा आएका छन्।

विभिन्न व्यक्तिका फेसबुक आइडी ह्याक गरेर उनीहरुले म्यासेन्जरबाट म्यासेज गरी ई–सेवा र खल्तीजस्ता वालेटमा पैसा हाल्न लगाइ ठगी गर्ने गरेका थिए। 

त्यसमा सीमान्तले आइडी ह्याक गर्ने गर्थे भने अमन्तले विभिन्न बहानामा रकम माग गर्ने, शुभेच्छा तथा अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने काम रहेको र रोहनले भने उनीहरुलाई सीमकार्ड उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

Shivam cement

पक्राउ परेकालाई ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको  कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 18, 2023| 13:42 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्