बुधबार, जेठ २७, २०८३

गाईको बाछो बचाउन खोज्दा पाँच जनाको ज्यान गयो

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०
National life
Shivam cement

भारत झारखण्डको राजधानी राँची नजिकै पिस्का भन्ने गाउँमा ठूलो खाल्डोमा फसेको गाईको बाच्छो बचाउन खोज्दा पाँच जना गाउँलेको ज्यान गएको छ। घाइते भएका दुई जनाको पनि अवस्था गम्भीर रहेको बताइएको छ।

घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार बिहीबार साँझ आनन्द माझीको गाईको एउटा बाच्छो छिमेकीको इनारमा खस्यो। त्यसलाई बचाउन गाउँका सात जना मानिस इनारमा पसे। आठौं व्यक्ति किनारमा बसेर उनीहरुलाई मद्दत गरिरहेका थिए। अचानक इनारको माथिल्लो भागको माटो भासिन थाल्यो। हेर्दाहेर्दै इनारमा पसेका सातैजना पुरिए।

प्रहरी र स्थानीयले उद्धारका क्रममा दुई जनालाई मात्र जिवित निकाल्न सके। बाँकी पाँचको इनारभित्रै मृत्यु भएको थियो। घाइते दुईको अवस्था पनि चिन्ताजनक छ।

प्रकाशित: Aug 18, 2023| 13:07 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्