बुधबार, जेठ २७, २०८३

कुकुरको विषयमा झगडा हुँदा दुई मानिसको ज्यान गयो

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

भारत मध्य प्रदेशको इन्दौरमा घरपालुवा कुकुरको विषयमा भएको झडपमा दुई  जना मानिसको ज्यान गएको छ। कुकुर धनीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ।

National life

समाचार एजेन्सी पीटीआईले सार्वजनिक गरेको एक भिडियोमा ती व्यक्तिले आफ्नो राइफलबाट गोली हानिरहेको देखिएको छ। गोली चलाउने व्यक्ति बैंकमा सेक्युरिटी गार्डको काम गर्छन्।

स्थानीय प्रहरीका अनुसार एक व्यक्ति आफ्नो कुकुर डुलाइरहेका थिए। त्यही बेला छिमेकीको कुकुर उनको कुकुरसँग झगडा गर्न थाल्यो। त्यसमाथि दुई कुकुरका मालिकबीच भनाभन चल्यो। एकैछिनमा वरपरमा मानिस पनि भेला भए।

अचानक एउटा कुकुरको मालिक राजपाल राजावत जो बैंकका सेक्युरिटी गार्ड हुन्, उनी आफ्नो घर गए र बन्दुक लिएर आए। सुरुमा हावामा गोली चलाए, त्यसपछि मानिसको भीडमा गोली हान्न थाले। दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले गोली हान्नेलाई नियन्त्रणमा लिएको छ र बन्दुक पनि जफत भएको छ। यसअघि ती दुई छिमेकीबीच कुनै विवाद-झैझगडा थिएन।

प्रकाशित: Aug 18, 2023| 12:49 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्