शुक्रबार, असोज ९, २०८३

पहिरो पन्छाएपछि खुल्यो कान्ति लोकपथ

भट्टेडाँडा पहिरो पन्छाइएपछि सवारी आउजाउ खुलेको हो।
 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

मकवानपुर–काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राती गएको पहिरो पन्छाइएको छ। पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौं–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको हो।

कान्तिलोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाएर यातायात सञ्चालन गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग, हेटौँडा–भीमफेदी सडक खण्ड र भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा अहिले सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।–रासस

प्रकाशित: Aug 18, 2023| 11:46 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्