बुधबार, जेठ २७, २०८३

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०
National life
Shivam cement

काठमाडौं- सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरूलाई गए राति पक्राउ गरेको हो। 

प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन। दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

गत साउन ३१ गते पनि ब्यूरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ। सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २३ जना पुगेको प्रवक्ता कडायतले बताए।
 

प्रकाशित: Aug 18, 2023| 09:44 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्