बुधबार, जेठ २७, २०८३

जुम्लामा नदीले बगाउँदा एक बालिकाको मृत्यु

 |  शुक्रबार, भदौ १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०
National life
Shivam cement

जुम्ला- जुम्लाको हिमा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्न गएकी वडा नं ६ दाँतेओखर गाउँका १७ वर्षीया मैना सार्कीलाई नदीले बगाउँदा मृत्यु भएको स्थानीय कर वर्डले जानकारी दिए।

उनी नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेकी थिइन्। त्यहीबेला नदीको छालले चिप्ल्याएर बगाउँदा घटना घटेको हो। नदीले लौडीसेनबाट तीन सय मिटर तलसम्म बगाएपछि मैनाको मृत्यु भएको छ। नदीको बहाव अत्यधिक बढेको हुनाले उनलाई बचाउन सकिएन।

मृतक बालिका उक्त पालिकाको पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेको कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ। उनको शव कोटघर स्वास्थ्यचौकीमा राखिएको छ। शव परीक्षणका लागि जिल्लाबाट टोली आउँदै गरेको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए।

प्रकाशित: Aug 18, 2023| 08:43 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्