बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बेलायत र भियतनामका राजदूतले बुझाए राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

बेलायत र भियतनामका राजदूतले बुझाए राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष  नेपालका लागि संयुक्त अधिराज्य र समाजवादी गणतन्त्र भियतनाममा नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गरेका छन्।

National life

राष्ट्रपति भवनमा बिहीबार आयोजित बेग्ला–बेग्लै समारोहमा राष्ट्रपति समक्ष नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेन्‍न र भियतनामका गैर आवासीय राजदूत न्यूगेन थान्ह हाईले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकृत उपस्थित थिए। यसअघि नवनियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।

Vietnam-ambassador11692278119.jpg

भियतनामका गैर आवासीय राजदूत न्यूगेन थान्ह हाई।

Shivam cement

प्रकाशित: Aug 17, 2023| 20:00 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्