बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सन्दीपविरुद्धको मुद्दामा पीडित किशोरीकी आमाको जन्ममिति पुष्टि हुने कागजात झिकाउन आदेश

सन्दीपविरुद्धको मुद्दामा पीडित किशोरीकी आमाको जन्ममिति पुष्टि हुने कागजात झिकाउन आदेश

बलात्कारपीडित भनिएकी किशोरीकी आमाका दुई वटा नागरिकता फेला परेपछि यकिन गर्न न्यायाधीशले झिकाए जन्ममिति पुष्टि हुने कागजात।
 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

काठमाडौं– जिल्ला अदालत काठमाडौंले नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितकी आमाको जन्ममिति पुष्टि हुने कागजात झिकाउन आदेश दिएको छ।

National life

आज न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति पुष्टि गर्न आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले बताए। उनले भने, ‘आजदेखि निरन्तर सुनुवाइ गर्ने भनिए आरोप लगाएकी पीडितको उमेरसम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुई वटा देखिएपछि इजलासले जन्ममिति यकिन गर्न आदेश दिएको हो।’

सर्वोच्च अदालतले गत १५ फागुनमा फास्ट ट्रयाकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन आदेश दिएको थियो। तर पटक–पटक सुनुवाइका लागि पेशी चढे पनि स्थगित हुँदै आएको छ। सन्दीप विश्वकप छनोट खेल्न जिम्बाबे गएपछि केही समय रोकिए पनि फर्किएलगत्तै सुनुवाइ सुरु भएको हो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्षको २१ भदौमा एक किशोरीले आफूमाथि जबर्जस्ती करणी गरेको दाबीसहित गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। गत वर्ष २० असोजमा स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलबाटै प्रहरीले सन्दीपलाई नियन्त्रणमा लिएको थियो।

Shivam cement

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको थियो। सञ्जीवले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि गत वर्षको २८ पुसमा २० लाख धरौटीमा रिहा भएका थिए।

विदेश जान नपाउनेलगायत सर्त राखेर उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनी पछि उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा गएका थिए। सर्वोच्चले १५ फागुनमा उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।

प्रकाशित: Aug 17, 2023| 14:47 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्