शनिबार, साउन ३, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, चारजना मृत फेला

 |  बिहीबार, साउन ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

vianetvianet

काभ्रे, धुलिखेल नगरपालिका-४ मिराबेल चोकमा बा.२ क २०१९ नम्बरको मिनिट्रकले रा.७ प ७२८८ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक प्युठान धर्मवती गाउँपालिका-७ बस्ने २७ वर्षीय सुरज गिरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सल्यान, त्रिबेणी गाउँपालिका-५ लाम्रीखोलास्थित सडकमा रा.१ ह ३९३० नम्बरको अटो सडकदेखि करिब १ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार छत्रेश्वरी गाउँपालिका-४ अकासे बस्ने ५० वर्षीया ठगी कामीको घटनास्थलमै मृत्यु भएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, मिथिला नगरपालिका-२ नक्टाझिजस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ।  सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला
सुनसरी, ईटहरी उपमहानगरपालिका-४ कचना महादेव टोलस्थित ट्याङग्रा खोला नजिकको खाल्डोमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा मादी नगरपालिका-३ घर भएकी ३५ वर्षीया सिता लिम्बु बुधबार मृत अवस्थामा फेला परेकी छन्।

कास्की, पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलाको ड्याममा सोही महानगरपालिका-२३ सिराने बस्ने ५५ वर्षीय देउ बहादुर सार्की बुधबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१७ पिप्रहरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।

चितवन, भरतपुर महानगरपालिका-१७ गाजिपुर भ्यूटावरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।

करेन्ट लागेर मृत्यु
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवट जम्मु बस्ने ३२ वर्षीय अशोक स्याङतानको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँस्थित खेतमा पानी लगाउने क्रममा पानी तान्ने मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु  भएको हो।

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० पशुपती टोल बस्ने ४० वर्षीय दिनेश ओडको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ। सोही नगरपालिका-५ स्थित रोड छेउमा लत्रिएको विद्युतीय तारबाट  करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Aug 17, 2023| 13:59 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्