बुधबार, जेठ २७, २०८३

आजदेखि सन्दीपविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा आजदेखि सन्दीपविरुद्धको मुद्दामाथिको सुनुवाइ सुरु हुन लागेको हो।
 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन सर्वोच्च अदालतले गत १५ फागुनमा आदेश दिएको थियो। तर पटक–पटक सुनुवाइका लागि पेशी चढे पनि स्थगित हुँदै आएको छ।

National life

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ। सन्दीप विश्वकप छनोट खेल्न जिम्बाबे गएपछि  केही समय रोकिए पनि फर्किएलगत्तै सुनुवाइ सुरु हुन लागेको हो। 

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्षको २१ भदौमा एक किशोरीले आफूमाथि जबर्जस्ती करणी गरेको दाबीसहित गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए।

घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो। गत वर्ष २० असोजमा स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलबाटै प्रहरीले सन्दीपलाई नियन्त्रणमा लिएको थियो।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा सन्दीपलाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको थियो। सञ्जीवले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि गत वर्षको २८ पुसमा २० लाख धरौटीमा रिहा भएका थिए।

Shivam cement

विदेश जान नपाउनेलगायत सर्त राखेर उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनी पछि उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा गएका थिए। सर्वोच्चले १५ फागुनमा उच्च अदालत पाटनको आदेश सदर गर्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको थियो।

प्रकाशित: Aug 17, 2023| 11:12 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्