बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गोसाइँकुण्ड मेला भर्ने तीर्थालुको उपचारार्थ चिकित्सक टोली तयार

गोसाइँकुण्ड मेला भर्ने तीर्थालुको उपचारार्थ चिकित्सक टोली तयार

निलाद्रि पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार संघले औैषधीसहित चिकित्सक टोली तयार गरेको हो।
 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

रसुवा–रसुवाको गोसाइँकुण्ड आउने तीर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ। भदौमा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तीर्थालुलाई लेक लागेर हुने असहज अवस्था हटाउन चिकित्सक टोली तयारी अवस्थामा राखिएको हो।

National life

निलाद्रि पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) को समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार संघले औैषधीसहित चिकित्सक टोली तयार गरेको हो। गोसाइँकुण्ड मेला आगामी ७ देखि १४ भदौसम्म लाग्नेछ। 

गोसाइँकुण्ड १४ हजार १ सय फिटको उचाइमा पर्छ।  भक्तजनलाई उपचार सेवा प्रदान गर्न अक्सिजनसहित ६ चिकित्सक तयारी अवस्थामा राखिएको संघका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले बताए।

संस्थाका स्वास्थ्य सहायक प्रकाश खत्रीको अगुवाइमा उपचार सेवा प्रदान गरिनेछ। टोलीमा डा. निशान्त जोशी, डा. पशुपति पोखरेल, डा. श्रीयासी कार्की, डा. आयुस्का पन्त, डा. कृष्ण कँडेल र स्वास्थ्य प्राविधिक सचेत सुवेदी रहेका छन्।

संघले दुई दशकदेखि कुण्ड क्षेत्रमा गोसाइँकुण्ड क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रसुवासित सहकार्य गरी गोसाइँकुण्डमा विभिन्न सेवा दिँदै आएको छ। ‘दर्शनार्थीलाई चिकित्सकसहित औषधी, अक्सिजनलगायत सेवा उपलब्ध गराउँदै आएका छौँ’, कार्यकारी निर्देशक बत्स्यालले भने।

Shivam cement

गोसाइँकुण्ड मेलाको आवश्यक प्रबन्ध मिलाउन विभिन्न उप–समितिसमेत गठन गरिएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समिति अध्यक्ष सञ्जीव डिएमका अनुसार १५ हजार बढी भक्तजनलाई गोसाइँकुण्डमा सेवा प्रदान गर्ने लक्ष्यका साथ यात्रुको आवश्यक सेवा–सुविधाका लागि संस्थाले काम गरिरहेको छ।–रासस

प्रकाशित: Aug 17, 2023| 10:42 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्