बुधबार, जेठ २७, २०८३

जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिरोको जोखिममा परेको छ। पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ। यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन्।

National life

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन चिराचिरा परेको छ। जमिन खाल्डो पर्दै गएपछि बस्ती जोखिममा परेको उनको भनाइ छ।

‘विसं २०७२ साल वैशाखमा गएको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको हो’, उपाध्यक्ष गुरुङले भनिन्, ‘केही दिनअघि परेको वर्षाले झन जोखिमपूर्ण बनेको छ।’

वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्रि भागमा चिरा परेको छ। घरको जगसमेत तलतल सर्दै गएको छ। घरभित्र एक बित्तासम्म चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेका उनको भनाइ छ।


‘पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ’, उपाध्यक्ष गुरुङले भने, ‘राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ।’ पहिराको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेको उको भनाइ छ।

Shivam cement

केही परिवार विद्यालयमा बास बस्न थालेका छन्। बस्ती खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह गरेको छ। पहिरोले खानीगाउँका ३२ परिवारका एक सय पाँच जना प्रभावित भएका छन्।

प्रकाशित: Aug 17, 2023| 10:02 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्