बुधबार, जेठ २७, २०८३

सिन्धुपाल्चोकसहित केही जिल्लामा भारी वर्षा

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

गएरातिबाट देशका केही भू–भागमा भारी वर्षा भइरहेको छ।

National life

बाढी पूर्वानुमान महाशाखाले राति साढे २ बजे गरेको अपडेटअनुसार पछिल्लो ३ घण्टामा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, नवलपरासी, रूपन्देही र आसपासका केही स्थानमा मध्यम भारी वर्षा भएको छ।  

सिन्धुपाल्चोकका केहीमा साना नदीमा आकस्मिक बाढीको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोकका गुम्थाङ, धाप, भोताङ लगायत धेरै स्थानमा भारी वर्षा मापन, मेलम्ची नदी नकोटेको बाढी मापन केन्द्रमा जल सतह बढेको महाशाखाले जनाएको छ।  

महाशाखाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।  

प्रकाशित: Aug 17, 2023| 06:44 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्