बुधबार, जेठ २७, २०८३

बिमाको पैसाका लागि आफ्नै टिपरमा आगो झोसेपछि...

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

चार महिनादेखि बिग्रिएर थन्किएको आफ्नो टिपर मर्मत गर्नुको साटो आफैं आगो लगाई बिमाको रकम लिन षड्यन्त्र गरेपछि तीन जना प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा टिपरधनी, उनका चालक भाइ र एक जना सहयोगी छन्।

National life

काठमाडौं कोटेश्वर बस्ने रामेछापको मन्थली-१२ का ३४ वर्षीय प्रदीपकुमार खत्रीले १३ महिनाअघि मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा एउटा टिपर किनेका थिए। बा ३ ख २८९४ नम्बरको उक्त टिपर टीकाथली बस्ने उनका ३३ वर्षीय भाइ भीमसेन खत्रीले चलाइरहेका थिए। टिपर बिग्रियो र मर्मत गर्न धेरै पैसा लाग्ने भयो। ललितपुरको गोदावरी-१२ ठेंचोस्थित नख्खुखोला करिडोर सडक खण्डमा टिपर थन्कियो। चार महिनासम्म उनीहरुले मर्मत गराएनन्।

एक रात टिपरमा आगो लाग्यो। आगो लगाउने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गर्दै प्रदीपले प्रहरी वृत्त चापागाउँमा निवेदन दिए। उनले निवेदनमा बिमा रकम दाबी गर्न आवश्यक पर्ने सिफारिस गरिदिन पनि अनुरोध गरेका थिए। 

खत्रीले पेस गरेको निवेदनमा प्रहरीलाई शंका लाग्यो। अनुसन्धान गर्दा बिमा रकम हात पार्न आफैंले टिपरमा आगजनी गरेको खुलेको प्रहरीले जनाएको छ। साउन १२ गते राति सवा १ बजे पेट्रोल छर्केर आगो लगाइएको अनुसन्धानमा खुलेको ललितपुर प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाउन ललितपुर जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

Shivam cement

प्रकाशित: Aug 17, 2023| 06:35 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्