बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • खाजा खाने बहानामा रेष्टुरेन्टमा बोलाउने, ट्रयापमा पारेर पैसा असुली

खाजा खाने बहानामा रेष्टुरेन्टमा बोलाउने, ट्रयापमा पारेर पैसा असुली

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

'हनी ट्रयाप'को कसुरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक युवक र एक युवती छन्। उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट मित्रता गर्दै फिरौती असुलेको आरोप छ।

National life

पक्राउ पर्नेमा भक्तपुरको सानोठिमी बस्ने सिन्धुली कमलामाई-१३ की आयुष्मा भनिने आसिका रजल मगर र काठमाडौं तारकेश्वर बस्ने दोलखा भीमेश्वर-५ का राजु खत्री रहेको प्रहरीले जनाएको छ।

जाहेरी आएपछि प्रारम्भिक अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ। पीडितमध्येका एकले ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेक काट्न लगाई रकम असुल गरेको उजुरी दिएका थिए। त्यसपछि अनुसन्धानका उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो।

आपराधिक लाभ लिएको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि दुवैलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ। उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट महिलाको प्रयोग गरी पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा भेटघाट गर्ने, निगरानी गरेर घर ठेगाना, कार्यालय तथा सवारीसाधन लगायतका विवरणहरु लिने, प्रत्यक्ष भेटघाटपश्चात् झुटा मुद्दा लगाएर फसाइदिने भन्दै ‘ब्ल्याकमेल’ गरी पैसा माग्ने तथा असुली गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रकाशित: Aug 16, 2023| 21:42 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्