बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मर्स्याङ्दी किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण

मर्स्याङ्दी किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण

 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ। मर्स्याङ्दी जलविद्युत् केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण गरिएको हो।

National life

तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा यही साउन २६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको हो।

प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार छ सय ८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए। सहायक प्रजिअ गैरेका अनुसार उक्त ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिनेछ।

उनका अनुसार जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ रकम आवश्यक पर्नेछ। त्यसमध्ये जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ र घरटहराका लागि  तीन करोड ९० लाख ९९ हजार तीन सय १५ वितरण गरिनेछ।

प्रशासन कार्यालयले सो जग्गा प्राप्ति गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को प्रयोजनार्थ सूचना प्रकाशित गरेको छ। उक्त सूचनाअनुसार मुआब्जासम्बन्धी प्रकाशित नामावलीमा चित्त नबुझेमा सूचना प्रकाशन भएको (२०८० साउन २७) मितिले १५ दिनभित्र गृह मन्त्रालयमा कार्यालय समयभित्र निवेदन दिन अनुरोध गरिएको छ।

Shivam cement

उनानसत्तरी मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गर्न लागिएको हो। मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणलले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए।

प्रकाशित: Aug 16, 2023| 20:46 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्